मङ्गलबार, बैशाख २२, २०८३

मेक्सिको भूकम्पमा दुःख व्यक्त

काठमाडौँ, ६ असोज । सरकारले मेक्सिकोमा यही असोज ३ गते भूकम्पका परी धेरैको ज्यान गएको र घाइते भएको तथा भौतिक सम्पत्ति विनाश भएकामा दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । मन्त्रालयले प्राकृतिक विपत्तिमा परेको मेक्सिकोको साथमा नेपाल रहेको स्पष्ट पारेको छ ।