रसुवा, ६ असोज । शान्ति सुरक्षा सन्तुलन गर्ने कार्यमा तयार पारिएको गृहप्रशासन मार्गचित्र आजदेखि कार्यान्वयन शुरु भएको छ ।
प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलकाअनुसार टोल–टोलमा प्रहरी भन्ने नाराका साथ शान्ति सुरक्षा स्थिर राख्न गृहमन्त्रीबाट जारी चौरासी बुँदे अवधारणा आज एक कार्यक्रमका बीच सर्वसाधारणलाई जानकारी गराई कार्यान्वयनमा ल्याइएको हो ।
सो मार्गचित्रमा आधारभूत रुपान्तरण, नागरिकलाई सुरक्षाको प्रत्याभूति र सुशासन अभिवृद्धि, आन्तारिक सुरक्षा क्षेत्र सुधार कार्यक्रमलगायत विषयवस्तु समेटिएकोे जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले बताउनुभयो ।
अवधारणाको मार्गचित्र कार्यान्वयनका लागि प्रजिअ पौडेलको अध्यक्षतामा ५१ सदस्यीय समिति समेत आजै गठन भएको जिल्ला प्रशासन काार्यालय रसुवाले जनाएको छ ।
