शनिबार, बैशाख १५, २०८१

बाढीपीडितलाई रु पाँच लाख सहयोग

काठमाडौँ, ५ असोज।   मुक्तिनाथ विकास बैंकले बाढीपीडितको सहयोगका लागि रु पाँच लाख प्रदान गरेको छ ।

राष्ट्रियस्तरको उक्त विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रका जनतालाई उपलब्ध गराउन उक्त रकम डेभलपमेन्ट बैंकर्स एशोसिएशनलाई प्रदान गरेको जनाएको हो ।

बाढीपहिरोबाट क्षति पुगेका जिल्लाका जनतालाई राहतका रुपमा भौतिक सहयोग उपलब्ध गराउन उक्त एशोसिएशनले अग्रसरता लिई विभिन्न बैंकसंग आग्रह गरेको थियो ।
एशोसिएशनका अध्यक्ष भरतराज ढकालले विभिन्न वित्तीय संस्थामार्फत अहिलेसम्म संकलन भएको रु ३२ लाख छिट्टै नेपाल उद्योग वाणिज्य महासंघलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो ।