मङ्गलबार, बैशाख २२, २०८३

दुई राज्यमन्त्रीको जागिर धरापमा

काठमाडौं– निर्वाचन आयोगले मन्त्रीमण्डल विस्तारको निर्णय सच्चाउन सरकारलाई निर्देशन दिएको छ ।

आयोगले पछिल्लो मन्त्रिमण्डल विस्तारले निर्वाचन आचारसंहिता उल्लंघन भएको ठहर पनि गरेको छ । उसले निर्णय सच्चाउन पनि भनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थप गर्दै गत सोमबार मन्त्रीमण्डल विस्तार गरेका थिए ।
आयोग प्रवक्ता नवराज ढकालले मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने जनाएका  छन् ।