मङ्गलबार, बैशाख २२, २०८३

माछा मार्न गएका युवकको डुबेर मृत्यु

सुरुङ्गा (झापा) ४ असोज (रासस) ः माछा मार्न गएका एक युवकको आज डुबेर मृत्यु भएको छ ।

गौरादह नगरपालिका– ९ खजुरबारीस्थित सुखादी खोलामा डुबेर सोही ठाउँका १८ वर्षीय चन्द्रमणि सतारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहानै माछा मार्न खोला गएका उनलाई स्थानीयले खोलामा डुवेको अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।