मङ्गलबार, बैशाख २२, २०८३

मतगणनास्थलमा तालीमप्राप्त कुकुर

राजविराज, ३ असोज ९रासस० ः सप्तरीको मतगणनास्थलमा सुरक्षा व्यवस्था सुदृढ गराउन तालीमप्राप्त कुकुर परिचालन गरिएको छ ।

राजविराज नगरपालिकालगायत मतगणना भइरहेका १८ वटै मतगणना स्थलमा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त गर्ने उद्देश्यले तालीमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।
यसैबीच सप्तरी जिल्लाका छवटा स्थानीय तहको मतगणना शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
–––