शुक्रबार, बैशाख ०७, २०८१

एमालेप्रति जनभरोसा बढेको जिकिर

काठमाडौँ, ३ असोज (रासस)ः नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकको विकास तथा आर्थिक समृद्धिका लागि जनताले आफ्नो दलको नेतृत्व खोजिरहेको जिकिर गर्नुभएको छ ।

टोखा नगरपालिकाअन्तर्गत पार्टीको वडा नं २ र ३ को अधिवेशनको आज यहाँ संयुक्त रुपमा उद्घाटन गर्दै नेता पोखरेलले विगतमा एमालेले राष्ट्रियताको पक्षमा लिएको अडान तथा जनजीविकाका लागि ल्याएका कार्यक्रमले पार्टीप्रति जनताको भरोसा रहेको बताउनुभयो ।

पार्टीको दुवै वडाका इञ्चार्ज मनिराज डङ्गोलले स्थानीय संस्कृति, जात्रापर्व र सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न प्रत्येक वडा एकाइ क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । वडा नं २ का पार्टी प्रमुख विकास डङ्गोल र ३ का प्रमुख विशाल डङ्गोलले स्थानीय क्षेत्रमा पूर्वाधार निर्माण तथा विकासका कार्यमा सबै दलसँग सहकार्य र समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
–––