बिहिबार, बैशाख १३, २०८१

संविधान दिवस विविध कार्यक्रम गरी मनाइयो

भोजपुर, ३ असोज (रासस) ः भोजपुरमा संविधान दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

आज बिहानै भोजपुर सदरमुकामको लोकतान्त्रिक गेटबाट संविधान दिवस ¥यालीसहित मञ्चको कार्यक्रम गरी दिवस मनाइएको हो । जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले झण्डोत्तोलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले मुलुक संघीयतामा गएकाले यसको कार्यान्वयनका लागि कर्मचारी र राजनीतिक दल एक भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

संविधान दिवसको पूर्वसन्ध्यामा आइतबार भोजपुर जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको थियो । त्यस्तै, दिवसकै अवसरमा खुल्ला हाजिरीजवाफ प्रतियोगितासमेत गरिएको थियो ।
–––