जापान,३ असोज । एनआरएनए जापान र एयू मोवाइल कम्पनिबिच एक सम्झौता भैसकेको छ जसमा मोवाईल सेवा लिनको लागि २४ महिनाको भिजा आवस्यक पर्ने मा एनआरएनए सदस्यता लिएको सदस्यता कार्डको आधारमा ६ महिनाको भिजा भएको अवस्थामा पनि मोवाईल सेवा उपलव्ध गराउने सम्झौता भएको छ ।
यस सो बारे अन्य जानकारी केहि समय पछि सूचना मार्फत गरिने एआरएनए जापानले छ ।
एआरएनए जापानको पुरा विज्ञप्ती
मिति २०१७ सेप्टेम्बर १८ तारिक ,एनआरएनए जापान आठौ कार्यसमितिको बिशेष बैठक संघका अध्यक्ष टासि वाङदी लामाको अध्यक्षतामा एनआरएनए कार्यालयमा सम्बन्धित पक्षबाट आआफ्नो रिपोटिङ गर्दै प्रारंभ भयो ।
-बैठकले स-सम्मान एनआरएनए जापानको आठौ कार्यसमितिको प्रमुख संरक्षकमा नेपाली राजदुतावास टोकियोको तर्फ बाट महामहिम राजदुत प्रतिभा राणाज्यूलाई चयन गरेको र उहॉको सहभागिताले संघको साख र प्रतिष्ठामा थप उर्जा थपिएको महसुज गरेको छ।
-आगामि एनआरएनए आईसिसिको ग्लोवल सम्मेलनको लागि आवस्यक तयारी र निर्णय गर्न सचिवालयलाई ज़िम्मेवारी दिएको र बर्तमान आईसिसि उपाध्यक्ष श्री भवन भट्टज्यू आईसिसिको नेतृत्व लिन अध्यक्षमा उम्मेरदवारी घोषणा गरिसक्नु भएकोले ,काठमाडौमा उहॉ सम्मेलनमा भागलिन आउनुहुने समयमा संघको आयोजनामा भव्य स्वागतको लागि महासचिव बुद्घि राज घिमिरेलाई ज़िम्मेवारी दिएको छ।
-नेपाली राजदुतावास र एनआरएनए निबर्तमान कार्यसमितिले टोकियो बस कम्पनि संग ६ महिनाको लागि गरेको संझौता ( मेगुरो बस स्टेशनबाट नेपाली दुतावास हुदै जाने ४ रुटका बसमा जापानी भाषा र अंग्रेज़ी भाषामा नेपाली दुतावास जाने बाटो बारे जानकारी दिने सुबिधा)पुन ६ महिना थप गरि १ बर्षको लागि करार गरिएकोमा राजदुतावास प्रति संघको तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ।सो सेवा अक्टुवर १ तारिक बाट संचालन हुने छ।
-अन्तराष्ट्रीय बिमानस्थल काठमाडौको सौचालकको लागि प्रस्तावित ट्वाईलेट वासलेट २५ थानमा २० थान मात्र हिता कम्पनिले स्वीकृत गरि पठाएको ले सो कम्पनिलाई उक्त सहयोग प्रति हार्दिक धन्यवाद दिएको छ।साथै सो समान धमाधम नेपाल पठाउने कार्य भैरहेको छ।
-एनआरएनए जापानको आयोजनामा महिला भलिवल प्रतियोगिता गर्न आवस्यक तयारीको लागि महिला सदस्य सृजना ज्ञावाली लाई ज़िम्मेवारी दिएको छ।
– एनआरएनए जापान र AU Mobile कम्पनि बिच एक संझौता भैसकेको छ, जसमा मोवाईल सेवा लिनकोलागि २४ महिनाको भिजा आवस्यक पर्ने मा एनआरएनए सदस्यता लिएको सदस्यता कार्डको आधारमा ६ महिनाको भिजा भएको अवस्थामा पनि मोवाईल सेवा उपलव्ध गराउने छ, सो बारे अन्य जानकारी केहि समय पछि सूचना मार्फत गरिने छ!
बुद्घि राज घिमिरे
महासचिव
एनआरएनए जापान
