नेपालगञज, १ असोज (रासस) ः बाँकेको राप्ती—सोनारी गाउँपालिकाका ४१० बाढी प्रभावित परिवारलाई आज राहत सहयोग उपलब्ध गराइएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले सो गाउँपालिका—२ टिकुलीपुरका घरपरिवारलाई रु ६ हजार ३०० का दरले रु २५ लाख ८८ हजार मूल्य बराबरका राहत सामग्री उपलब्ध गराइएको हो ।
क्लबका अध्यक्ष परवेजअली सिद्धिकीका अनुसार बाढी प्रभावितलाई कम्बल, भाँडाकुँडा, चटाइलगायत सामग्री उपलब्ध गराइएको हो । उनीहरुलाई सोही गाउँपालिकाका उपाध्यक्ष धनिकुमारी खत्री, वडाध्यक्ष मदनकुमार ओली र क्लबका वरिष्ठ सल्लाहकार नीरज गौतमले सो सामग्री प्रदान गर्नुभएको थियो ।
