मङ्गलबार, बैशाख २२, २०८३

‘सातवटै प्रदेशको नेतृत्व डिआइजीले गर्ने’

खजुरा (बाँके), १ असोज (रासस) ः गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दृढतापूर्वक सम्पन्न गर्न विशेष योजना तयार गर्न लागेको बताउनुभएको छ ।

प्रेस सेन्टर बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गृहराज्यमन्त्री श्रेष्ठले निर्वाचनका बेला थुप्रै सुरक्षा चुनौती आउन सक्ने भएकाले अहिलेदेखि नै विशेष योजना रणनीति बनाउन लागेको बताउनुभयो ।

उहाँले डिआइजीको नेतृत्वमा सातवटै प्रदेशमा प्रहरी सञ्चालन योजना बनाइरहेको जानकारी गराउँदै नीतिगत तथा संरचनागत रुपमा मन्त्रालय सुधारमा लागेको बताउनुभयो ।

“विपद् व्यवस्थापन ऐन छैन, त्यसै प्रत्येक वर्ष आउने विपद्लाई व्यवस्थापन गर्न निकै समस्या भइरहेको छ, यससम्बन्धी विधेयक तयार भइसकेको छ । अब संसद्मा पेश गर्ने तयारी भइरहेको छ,” गृहराज्यमन्त्री श्रेष्ठले भन्नुभयो ।