मङ्गलबार, बैशाख २२, २०८३

बरिष्ठ समाजसेवी राजेन्द्र थापा सम्मानित

जापान,२०१६,अक्टोवर ११ ।  सगरमाथा महिला समुह जापानको दोश्रो अशिवेशनको अवसरमा रिष्ठ समाजसेवी राजेन्द्र थापालाई एक समारोहबिच सम्मान गरिएको छ ।
बिगत दशक देखी नेपालमा बिपन्न बर्ग बालबालिकाहरुले अध्ययन गर्ने सरकारी बिद्यालय भवन निर्माण्, आर्थीक र सामाजिक रुपले पिछडिएका बिधार्थी भाई बहिनीहरुलाई छात्र बृती बितरण्,शैक्षिक सामग्री बितरण्,उमेर पुगेर आफ्ना सन्तानले हेला गरि घरबाट निकालिएर बृद्धश्रममा शरण लिन पुगेका बुढा बुढीको हेरचाहमा सहयोग्,गाँउ-गाँउमा खानेपानी टयान्की तथा पाईप लाईन बितरण गर्ने देखी नेपालमा अमेरिकाको बेसबल खेलको प्रोत्साहनमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आउनु भएको थियो ।
जापानमा रहेको नेपालिहरुको बिभिन्न समस्याहरु साथै नेपाली भाषा ,संकृतीलाई जापानीज माझ चिनाउन धेरै टेवा पुर्याउनु भएको थियो ।
लागु पदार्थ तथा दुर्ब्यसनमा फसेका नवयुवाहरुलाई सहि ट्र्याकमा ल्याउनका लागी धेरै पहल गर्नु भएको थियो ।
यसै गरि सन २०१५ सालको अप्रिल महिनामा गएको महा भुकम्पमा पिडितलाई सहयोग गर्ने ,नेपाल रेड्क्रसको आजिवन सदस्य समेत भई थुप्रै सामाजिक संघ संस्था मार्फत उत्कृष्ट योगदान दिदै आई रहनु भएको छ।rajendra

जापानमा सकृय नेपाली दिदी बहिनीहरुद्वारा स्थापित अन्तरराष्ट्रीय संस्था सगरमाथा महिला समुह जापानको दोश्रो अशिवेशनको अवसरमा राजेन्द्र थापालाई एक समारोह बिच सम्मान गरिएको थियो ।
गैरअवाशिय नेपाली संघ अन्तरराष्ट्रीय समन्वयका सदस्य तथा एन ।आर ।एन। जापानका पुर्व अध्यक्ष पारसमणी पोख्रेलले थापालाई एसोसियल सर्भिस अवार्ड २०१६ पदक र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।कार्यक्रममा युबा अवस्थामा नै श्री थापाले समाजप्रती गर्नु भएको योगदान
असाध्यै उत्कृष्ट रहेको छ जसबाट सबैलाई प्रेरेणा मिल्ने कुरा ब्यक्त गर्नु भएको थियो ।
उक्त अधिबेशनले पुन २ बर्षका लागी राधा थापाको अध्यक्षतामा १३ सदस्यिय कमिटी गठन गरेको थियो ।