मङ्गलबार, बैशाख २२, २०८३

कांग्रेसका नेता पौडेल जापानी अध्यागमनको नियन्त्रणमा,को-को परे जापानी अध्यागमनको तारो

टोकियो,१ असोज । नेवि संघका पुर्व सभापति तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा परेका छन् ।

प्रवासी काग्रेस पार्टीको भातृ संगठन नेपाली जनसम्पर्क समितिले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा भाग लिन कांग्रेस नेता तथा सभासद धनराज गुरुङ र प्रदीप पौडेल अतिथिको रुपमा जापान आएका थिए ।

शनिवार पौडेललाई भने जापानी अध्यागमनले नियन्त्रणमा लिएको थियो । झण्डै २४ घण्टा हुँदासमेत उनलाई अध्यागमनले नियन्त्रणमै राखेको बुझीएको छ । पौडेललाई रिहा गर्न टोकियोस्थित नेपाली राजदूतावास र नेपालबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासमेतले फोन गरेको ख़बर छ ।

उनलाई नियन्त्रणमा राख्नुको कारण पनि अहिलेसम्म अध्यागमनले दिएको छैन् । जापानस्थित नेपाली जनसम्पर्क समितिको दिएको जानकारीअनुसार उनीहरुका साथमा केही पार्टीसँग असम्बन्धित मानिसहरु पनि थिए । धनराज गुरुङपछि इमिग्रेसन पुगेका उनीहरुले जापानबाट फर्किने कुरामा आश्वस्त पार्नेगरी जवाफ दिन नसकेपछि सबैभन्दा अन्तिममा इमिग्रेसन पुगेका पौडेल पनि उनीहरुसँगै नियन्त्रयणमा परेको उनीहरुले जानकारी दिएका छन् ।

आज आईतवार अन्तरक्रिया तथा पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको भए पनि अहिलेसम्म पौडेल नियन्त्रयणमा परेकोबारे जनसम्पर्क समितिले औपचारिक रुपमा जानकारी गराएको छैन् ।

जापान अध्यागमनले विभिन्न समयमा नेपालका उच्च नेताहरुलाई नै अध्यागमनमा रोकिदिने गरेको छ । नेपालवाट भिजिट भिसामा आएर पर्याप्त कागजात नहुनु, साथमा पर्याप्त खर्च नहुनुले , ट्राभल चेकहरु नहुनु, उनीहरुलाई प्रायोजन गर्ने जापानस्थित नेपालीहरुको ट्रयाक रेकर्ड राम्रो नहुनुले जापान छिर्न नपाई फिर्ता हुने गरेका छन् ।
यसअघि एमाले नेता देवी ज्ञवाली २०११ मा ,नयाँ शक्तिका नेता कुमार पौडेल र शंकर भण्डारी २०१७ मा , एमाआओवादीका नेता सीपी गजुरेललगायतका नेतालाई घण्टौं नियन्त्रणमा लिएर छाडिएको थियो । यस्तै अर्का कम्युनिष्ट नेता खगराज अधिकारी ,एमाओवादी नेता सीपी गजुरेललाई पनि नागोया जाँदा अध्यागनले केहि समय नियन्त्रणमा लिएर छाडेको थियो ।  जापानमा ठूला नेता, कलाकार तथा सेलीब्रेटीलाई अध्यागमनको तारो बन्दै आएका छन् ।

नेता पौड़ेल पनी त्यसको सिकार बने पौड़ेलसहित तीन जनालाई बिमानस्थलबाट आइतवार दिउसो नेपाल फर्काएको स्रोतले जानकारी दिएको छ ।