शनिबार, बैशाख ०८, २०८१

एनआरएनए एसियाको उप-संयोजकमा पोखरेलको उम्मेद्वारी

जापान,१ असोज ।  गैर-आवासिय नेपाली संघ जापानका पूर्व अध्यक्ष तथा गैर आबसिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका केन्द्रिय सदस्य पारसमणि पोखरेलले अक्टोबर महिनामा हुने गैर आबासिय नेपालीहरुको ग्लोबन सम्मेलनमा एसिया प्यासिफिकको उप-संयोजक पदमा आफ्नो उम्मेद्वारीको घोषणा गर्नु भएको छ ।
रोटरी क्लबको प्रतिष्ठित छात्रवृति रोटरी एम्बसोडोरियल प्राप्त गरि बिधार्थीको रुपमा २००५ जापान आउनु भएका पोखरेल जापानमा स्थापित नेपाली ब्यबसायिकका रुपमा परिचित हुनुहुञ्छ । सामिका ग्रुप कम्पनीका अध्यक्ष समेत रहनु भएका पोखरेलले गत बर्षबाट जापान मा पहिलो पटक नेपालीहरुको तर्फ बाट सामिका सुपरमार्केट संचालन ल्याएका छन्  ।
एनआरएनए  जापानको अध्यक्ष हुदा एन आर एन जापान को कार्यालय को स्थापना , पहिलो पटक अनलाइन सदस्यता फर्म , नेपाल फेस्टिवल एनआरएनए  जापान को आयोजनामा शुरुवात ,एनआरएनए ग्लोबलको आठौँ क्षेत्रीय सम्मेलन जापानमा पहिलो पटक भब्य रुपमा सफल , नेपालको महाभूकम्प को बेलामा एनआरएनए जापानबाट महत्वपूर्ण आर्थिक सहयोग जस्ता कार्यले पोखरेलको छबि गैर आवासीय नेपालीहरू माँझ लोकप्रिय रहेको छ  ।