जापान,२०१७,मार्च १२ । सानै उमेर देखी बिलक्षण प्रतिभाका धनि पोखरा महानगरपालिका १५ का स्थायी बासिन्दा राजेन्द्र थापा स्कुले जीवनमा कहिल्यै दोश्रो भएनन । अब्बल बिधार्थी भएका कारण स्कुलमा संचालन गरिएका अतिरिक्त कृयाकलाप जस्तै हाजिरी जवाफ्,वाद (बिवाद ,निबन्ध,कबिता सबैमा अगाडी आउने गर्थे । त्यसै हुनाले उनलाई जापानको ओसाकास्थित नेपारु नो मिराई वो खाङ्गाएरु जसलाई हाल नेपाल जापान एजुकेशनल सपोर्टको नाम (आईएनजिओ) मार्फत आकिको मुराकामी छात्रबृतीको अवसर प्राप्त भएको थियो ।
उक्त छात्रबृतीको हौसलाले निरन्तर रुपमा स्नातक तह (बिएस्सी) सम्म अध्ययन गर्न सफल हुनु भएको थियो । आफ्नो अध्ययन संगसंगै नेपारु नो मिराई वो खाङाएरु खाईको मातहतमा रहेको शैक्षिक तथा सामाजिक बिकास केन्द्र (ईसोडेक्) हुँदै हाल नेपाल जापान एजुकेशनल सपोर्ट क्लवद्वारा निर्न्तर रुपमा सामजिक क्षेत्रमा उल्लेखनिय सेवा गर्दै आउनु भएको थियो ।
जापानमा आफ्नो रेष्टुरेन्ट ब्यब्साय गर्दै आफ्नो अमुल्य समय प्रदान गर्दै उक्त संस्थाको चेयरमेन हुँदै अझ बढी सेवा गर्दै आउनु भएको थियो । पोखरा लेखनाथको हेम्जा स्थित श्री ग्राम प्रकाश प्राथमिक अध्ययनरत छात्रालाई ब्यक्तीगत रुपमा सोही संस्था मार्फत छात्रबृती उपलब्ध गराउदै आउनु भएको छ ।
बिगत दशक देखी नेपालमा बिपन्न बर्ग बालबालिकाहरुले अध्ययन गर्ने सरकारी बिद्यालय भवन निर्माण्, आर्थीक र सामाजिक रुपले पिछडिएका बिधार्थी भाई बहिनीहरुलाई छात्र बृती बितरण्,शैक्षिक सामग्री बितरण्,उमेर पुगेर आफ्ना सन्तान ले हेला गरि घरबाट निकालिएर बृद्धश्रममा शरण लिन पुगेका बुढा बुढीको हेरचाहमा सहयोग्,गाँउ (गाँउमा खानेपानी ट्ंकी तथा पाईप लाईन बितरण गर्ने देखी नेपालमा अमेरिकाको बेसबल खेलको प्रोत्साहनमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आउनु भएको थियो ।जापानमा रहेको नेपालिहरुको बिभिन्न समस्याहरु साथै नेपाली भाषा ,संकृतीलाई जापानीज माझ चिनाउन धेरै टेवा पुर्याउनु भएको थियो ।
लागु पदार्थ तथा दुर्ब्यसनमा फसेका नवयुवाहरुलाई सहि ट्याकमा ल्याउनका लागी धेरै पहल गर्नु भएको थियो ।
यसै गरि सन २०१५ सालको अप्रिल महिनामा गएको महा भुकम्पमा पिडितलाई सहयोग गर्ने ,नेपाल रेड्क्रसको आजिवन सदस्य समेत भई थुप्रै सामाजिक संघ संस्था मार्फत उत्कृष्ट योगदान दिदै आई रहनु भएको छ।
यसरी सामाजिक क्षेत्रमा उहाँले गरेको योगदान को उच्च कदर गर्दै उहाँलाई लाईफ टाईम एचिभमेन्ट अवार्डूबाट सम्मान गरिएको जापानको ओसाकास्थित सोही संस्थाका अध्यक्ष जापानीज नागरिक यामासिता किन्जोले जानकारी गराउनु भएको थियो ।
