मङ्गलबार, बैशाख २२, २०८३

बाढीबाट सिँचाइ क्षेत्रमा रु २० अर्ब क्षति

भद्रपुर, २९ भदौ । सिँचाइ राज्यमन्त्री अमरसिंह पुनले साउन महिनाको अन्तिम साता आएको अविरल वर्षा र बाढीबाट मुलुकभर सिँचाइ क्षेत्रमा रु २० अर्बको क्षति भएको बताउनुभएको छ ।

झापाको गौरीगञ्ज–१ स्थित चौरीटापु, रंगियाथानलगायत नदीमा आएको बाढीले पु¥याएको क्षतिको निरीक्षण गर्दै उहाँले कृषि उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सिँचाइका संरचना निर्माणको काम तत्काल अघि बढाइने जानकारी दिनुभयो । रासस