मङ्गलबार, बैशाख २२, २०८३

भुटानमाथि शानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा

काठमाडौं,२८ भदौं । भुटानमाथि शानदार जित निकाल्दै नेपाल एक खेल अगावै मलेसियामा जारी एसिसी एसिया कप यु–१९ पुर्वी क्षेत्र छनोट खेलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालले अब सिंगापुरसँग खेल्न बाँकी छ । यसअघि नेपालले आफ्नो पहिलो खेलमा थाइल्याण्डलाई २५५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । लगातार दुई हार बेहोरेसँगै भुटान प्रतियोगिताबाट बाहिरिएको छ । भुटान पहिलो खेलमा सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो ।
लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले तुलनात्मक रुपमा कमजोर रहेको भुटानलाई ९ विकेटले पराजित ग¥यो । मलेसियाको किनारा ओभल मैदानमा बुधबार बिहामन भएको खेलमा भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले १ विकेट गुमाएर ८.३ ओभरमा पूरा ग¥यो । नेपालको जितमा मोहम्मद आशिफ शेखले २३ रनको अविजित इनिङ्स खेले भने ओपनर सन्दिप सुनार २१ रनमा आउट भए । पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेका अनिलकुमार साह चार रनमा नटआउट रहे । भुटानका टिसिरिङ पन्जोरले एक विकेट ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २८ ओभरमा सवै विकेट गुमाएर ५० रन बनाएको थियो । भुटानका टासी फुन्टोशोले १६ तथा उगेन दोर्जीले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । भुटानलाई सस्तैमा समेट्न नेपालका कप्तान दीपेन्द्र सिंह ऐरीले ८ ओभरमा २३ रन खर्चिएर ५ विकेट लिए । यस्तै सन्दिप लामिछानेले ७ ओभरमा ७ रन खर्चिएर ४ विकेट लिए । नन्दन यादवले एक विकेट लिए ।