शुक्रबार, चैत १६, २०८०

मृतकका परिवारलाई रु दुई लाख सहयोग

रामपुर (पाल्पा), २७ भदौ । रामपुर नगरपालिका–५ बेझाड बस्ने स्व ज्योतीप्रकाश अधिकारीको परिवारलाई रु दुई लाख सहयोग प्राप्त भएको छ ।

पश्चिम नेपाल बस व्यवसायी संघ, बुटवल, रुपन्देहीले अधिकारीको परिवारलाई काजकिरिया खर्चबापतको सो रकम सहयोग गरेको हो ।

संघमा आबद्ध रहेका स्व अधिकारीकी श्रीमती केशरी अधिकारीलाई पश्चिम नेपाल बस व्यवसायी संघका सहसचिव मोहन पिएस, सदस्य जुलेस थापा सारु, रामचन्द्र खड्का, रामपुर शाखा प्रमुख शिव ढकालले घरमै पुगेर सो रकम हस्तान्तरण गर्नुभएको हो ।

पश्चिम नेपाल बस व्यवसायी संघले गाडी धनीलाई स्वतः मृत्यु भएमा रु दुई लाख, दुर्घटनामा परी मृत्यु भएमा रु १२ लाख र गाडी धनी आफँैले गाडी चलाउँदा वा सहभागी हुँदा भएको दुर्घटनामा रु १७ लाखसम्मको क्षतिपूर्ति राहत सहयोग रकम पीडित परिवारलाई दिँदै आएको संघले जनाएको छ ।

गाडी धनी ज्योतिप्रकाश अधिकारीको ४६ वर्षको उमेरमा अचानक बिरामी परी यही भदौ १३ गते निधन भएको थियो । रासस
––––––