बिहिबार, बैशाख १३, २०८१

पशुपति क्षेत्र कोषद्वारा लत्ताकपडा सहयोग

काठमाडौँ, २६ भदौ । पशुपति क्षेत्र विकास कोषले भक्तजनबाट पशुपतिनाथमा विसं २०७० साउनदेखि गत साउनसम्म भक्तजनले चढाएको २६८ बोरा लत्ताकपडा केन्द्रीय दैवीप्रकोप उद्धार कोषलाई प्रदान गरेको छ ।

कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीतेन्द्रनारायण देवमार्फत कोषका सदस्यसचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापाद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आज सो सामग्री प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरियो । रासस