जापान,२६ भदौ । नेपाल आदिवासी जनजाति महासंघ जापानको कित्ता कान्तो क्षेत्रीय समिति गठन भएको छ ।
जापानको किता-कान्तोमा सेप्टेम्बर,१० तारिख आईतबार,तोचिगि हाम्रो रेष्टुरेण्टमा डेनी शेर्पाको अध्यक्ष नेतृत्वमा ११ जनाको क्षेत्रिय समिती बिस्तार गरेको हो ।
अधिबेशनले नेत्रृत्वमा क्रमश उपाध्यक्ष :- कुलमान तामाङ,सचिब :- भुवन थापा मगर,सह-सचिब:-शिवराज राई,कोषाध्यक्ष :- सुमन चोङ्बाङ्,सह-कोषाध्यक्ष :- ओम गुरूङ्,सदस्यहरू :- सरोज तामाङ्,प्रकाश वनेम,निङ्मा शेर्पा,नबराज श्रेष्ठ,अविनाश घिसिङ सर्बसहमतीले ११ जनाको क्षेत्रिय समिती र सल्लाहकारहरूमा लाल बहादुर गुरूङ,तुल बहादुर सोराङ्कोटी,राम गुरूङ र डिबि दोर्जे लामा गरी ४ सल्लाहकार समिती समेत गठन गरिएको केन्द्रिय उपाध्यक्ष शैलेन्द्र बिक्रम थापा मगरले बताए। अधिबेशन सम्पूर्ण आदबासी जनजातीका जातिय संघसंस्थाहरूको समाबेशितामा कार्यसमितीको निर्माण गरिएको प्रमुख अथिती समेत रहनुभएका शैलेन्द्र थापाले बताए।क्षेत्रिय कार्यसमितीको सहकार्यले केन्द्रीय कार्यसमितीमा नयाँ-नयाँ उर्जाहरू थपिदै जानेभएकोले निर्वाचित कार्यसमितीलाई केन्द्रिय सचिब देबि बहादुर ईङ्नामले आदिबासि जनजाती महासंघको जग क्षेत्रीय समिती बलियो भएमा हामि बस्ने घर पनि बलियो हुने बताउँदै,हौसला र बधाई दिएका थिए।जापानमा आदिबासि जनजाती महासंघको क्षेत्रिय समिती गठन,ऐतिहाँसिक रूपमै शुरूवात भएकोले यसको गोडमेल गर्दै,एकताबद्द,सद्भाब र सहकार्यले सकारात्मक सन्देश दिन मर्यादित बन्दै अगाडी बड्नुपर्ने हामि सबैको साझा संकल्प रहनेमा बिश्वास ब्यक्त गर्दै, केन्द्रिय सदस्य भेषराज चेम्जोङले शुभकामना दिएका थिए।
अधिबेशन,तामाङ समाज जापान तोचिगिको क्षेत्रिय अध्यक्ष कुल बहादुर तामाङको अध्यक्षतामा, मगर संघ तोचिगि क्षेत्रिय अध्यक्ष तुल बहादुर सोराङ्कोटिले कार्यक्रम सन्चालन गरेका थिए ।
