भद्रपुर, २५ भदौ । झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेबाट प्रकाशन हुँदै आएको ‘सतासी’ साप्ताहिक पत्रिकाको छैटौँं वार्षिकोत्सवका अवसरमा शनिबार गजलगो दिलीप घिमिरे र केस्रा विधाका स्रष्टा मौलश्री लिम्बूलाई जनही रु १० हजारसहित सम्मान गरिएको छ ।
सो अवसरमा स्तम्भकार नारदमणि न्यौपानेलाई समेत सम्मान गरिएको थियो । रासस
