शुक्रबार, बैशाख ०७, २०८१

जय पुनलाई ‘सिर्जनशील युवा कला पुरस्कार’

पोखरा, २५ भदौ । सिर्जनशील कलाकार समूह पोखराद्वारा प्रदान गर्दै आइएको ‘सिर्जनशील युवा कला पुरस्कार’ यस वर्ष पर्वतका कलाकार जय पुनलाई प्रदान गरिने भएको छ ।

वरिष्ठ कलाकार बुद्धि गुरुङको संयोजकत्वममा गठित प्रतिभा छनोट समितिले पुरस्कारका लागि पुनको नाम छनोट गरेको हो ।

समूहका सल्लाहकार एवं पुरस्कारका संस्थापक विश्वरत्न शाक्यले आफ्ना पिता सिद्धिरत्न शाक्य र माता सेतुलीमाया शाक्यको स्मृतिमा २०६४ सालदेखि रु एक लाख ५० हजारको अक्षय कोष स्थापना गरी प्रदान गर्दै आएको पुरस्कारको राशि रु १० हजार नगदसहित ताम्रपत्र रहेको छ ।

उहाँका अनुसार मोफसलमा लुकेर रहेका प्रतिभामध्ये एकजनालाई समूहले यस पुरस्कारबाट प्रत्येक वर्ष पुरस्कृत गर्दै आएको छ । रासस