शुक्रबार, बैशाख ०७, २०८१

नवगठित समाजद्वारा अस्पताललाई सहयोग

भोजपुर, २५ भदौ । नवगठित भोजपुर हातेमालो समाज युएईले यहाँको अस्पताललाई आर्थिक सहयोग गरेका छन् ।

भोजपुरबाट वैदेशिक रोजगारीका लागि युएई गएका युवाको सक्रियतामा गठित समाजले जिल्ला अस्पताललाई सहयोगार्थ ह्विलचियर खरिदका लागि रु एक लाख दिने भएका हुन् ।

जिल्लामा आइपर्ने प्राकृतिक तथा दैवी विपत्ति र जिल्लाको विकासमा सहयोग पु¥याउने उद्देश्यले समिति गठन गरेको संयोजक ज्ञानेन्द्र राईले बताउनुभयो ।

शुक्रबार समाजकोे एक कार्यक्रमबीच युएईमा औपचारिकरुपमा उद्घाटन गरिएको थियो । रासस