बिहिबार, बैशाख ०६, २०८१

चितवन दुर्घटनाका मृतकमध्ये दुईको सनाखत

चितवन, २४ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको पिप्ले बजारमा आज दिउँसो दुई यात्रु बस एकआपसमा ठक्कर खाँदा मृत्यु भएका तीनमध्ये दुईजनाको सनाखत भएको छ ।

सनाखत हुनेमा पर्सा जिल्ला गडी नगरपालिका–४ का २७ वर्षीय सेखजबी उल्लाह मियाँ र सोही जिल्ला कालिकामाई गाउँपालिका–३ का २२ वर्षीय सतमियाँ खजुरा रहेको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी मृत्यु भएकी एक महिलाको भने सनाखत हुन सकेको छैन ।

दुर्घटनामा परी २७ जना घाइते भएका छन् । नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ८७०६ नं को बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ९१२५ नं को बस एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो । रासस