बुधबार, बैशाख २३, २०८३

ट्रक दुर्घटनामा एकको मृत्यु

downloadरामपुर (पाल्पा), २४ भदौ । पाल्पामा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । तानसेन नगरपालिका–५ का धरमपानी भन्ने स्थानमा आज दिउँसो करिब २ः३० बजेको समयमा ट्रक दुर्घटना हुँदा रिब्दिकोट गाउँपालिका–४ बस्ने चालक ३४ वर्षीय रमेश सुनारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बुटवलबाट गुल्मी तम्घासतर्फ जाँदै गरेको लु१ख ९१५६ नंको मिनिट्रक तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । रासस