काठमाडौँ, २३ भदौ । खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादव र चीनको सिजिकोवार्टर कम्पनीबीच नेपालमा चीनले गर्ने लगानीबारे आज छलफल भएको छ ।
मन्त्री यादव र कम्पनीका बजार प्रबन्धक डु डोङपेङबीच आज मन्त्रालयमा खानेपानीका विषयमा नेपालमा उद्योग स्थापना गर्नेबारे भएको छलफलमा कम्पनीका प्रतिनिधिले खेर गएको पानीको सदुपयोग, खानेपानी, ढल व्यवस्थापन, सौर्यजस्ता विषयमा लगानी गर्नेबारे कुराकानी भएको मन्त्रालयका सहसचिव आशिष घिमिरेले जानकारी दिनुभयो ।
सो अवसरमा मन्त्री यादवले कम्पनीका प्रतिनिधिलाई विस्तृत कार्ययोजना ल्याउन आग्रह गर्नुभयो । चिनियाँ पक्षले जलविद्युत् र सौर्यऊर्जामा काम गर्न इच्छा राखे पनि मन्त्री यादवले खानेपानीका क्षेत्रका मिलेर काम गर्न आग्रह गर्नुभएको बताइएको छ । रासस
