शुक्रबार, बैशाख ०७, २०८१

भवन निर्माण तीव्रगतिमा

काठमाडौँ, २३ भदौ । बालाजु औद्योगिक व्यवस्थापन कार्यालयको व्यावसायिक भवन निर्माण तीव्रगतिमा भइरहेको छ ।

विसं २०७२ मा गएको भूकम्पका कारण जीर्ण अवस्थामा रहेको सो भवन कार्यालयको आफ्नै स्रोतबाट निर्माण सुरु गरिएको हो । पहिलो चरणको निर्माणका लागि रु ११ करोड छुट्याइएको छ । छ तल्लाको सो भवन निर्माण भइरहेको छ ।

भवन निर्माणका लागि समानान्तर निर्माण सेवा प्रालिलाई ठेक्का दिइएको छ । निर्माण कम्पनीले १५ महिनाभित्र पहिलो चरणको निर्माण सम्पन्न गर्ने बालाजु औद्योगिक क्षेत्रसँँग सम्झौता गरेको कामु व्यवस्थापक राजेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो ।

भवन निर्माण २०७४ वैशाखबाट सुरु गरिएको हो । उक्त भवनको दोस्रो चरणको निर्माणका लागि चालु आवमा नै बोलपत्र आह्वान गरिने छ । दोस्रो चरणको निर्माणका लागि अनुमानित लागत करिब रु पाँच करोड रहेको छ । सो भवन अबको करिब डेढ वर्षभित्र निर्माण सम्पन्न गरिने र व्यावसायिक प्रयोजनका लागि भाडामा दिने कँडेलले बताउनुभयो । “भवन भाडामा लगाउँदा मासिक करिब रु २० लाख आम्दानी हुनेछ,” उहाँले भन्नुभयो । रासस