मङ्गलबार, बैशाख ०८, २०८३

क्याम्पसलाई स्ट्रेचर हस्तान्तरण

धादिङ, २० भदौ । नेपाल रेडक्रस सोसाइटीको ५५ औँ स्थापना दिवसका अवसरमा जिल्ला रेडक्रस धादिङ शाखाले सोमबार नीलकण्ठ क्याम्पसलाई एक थान स्ट्रेचर र सरसफाइको सामग्री हस्तान्तरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले बिरामी परेका विद्यार्थीलाई अस्पतालसम्म पु¥याउन सुविधा होस् भन्ने उद्देश्यले क्याम्पस प्रमुख नवराज थापालाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका सभापति सीताराम कोइरालाको सभापतित्वमा आयोजित कार्यक्रममा भर्खरै सरुवा भई आएका प्रजिअ भण्डारी र प्रहरी उपरीक्षक ध्रुवराज राउतलाई स्वागत गरिएको थियो । रासस