मङ्गलबार, बैशाख ०८, २०८३

आयोगको सरुवा रोक्न गरेको निर्देशनपछि कर्मचारी सरुवा स्थगित

काठमाडौं,२० भदौ । २ नम्वर प्रदेशको निर्वाचनको मुखमा आएर सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता विपरित गरेका कर्मचारी सरुवा स्थगित गरेको छ ।

जथाभावि कर्मचारी सरुवा गरेपछि चौतर्फी आलोचना भएको थियो । निर्वाचन आयोगले पनि मन्त्रालयलाई पत्र लेखेर सरुवा रोक्न निर्देशन दिएको थियो ।

सामान्य प्रशासन मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी नमराज घिमिरेले अनलाइनखबरसँग भने, ‘निर्वाचन आयोगले अहिलेलाई कार्यान्वयन नगर्नू भनेकाले स्थगित गरिएको छ ।’

निर्वाचन आयोगले यही भदौ १६ र १८ गते सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेर सरुवा रोक्न भनेको थियो । सामान्यले पनि निर्वाचन आयोगलाई पत्र लेख्दै निर्णयहरु स्थगित भएको जानकारी दिएको छ । पत्रमा लेखिएको छ, ‘२०७४र५र१२ र २०७४र५र१४ मा भएका सरुवारकाजरकामकाज सम्बन्धी निर्णयहरु स्थगित गरिएको व्यहोरा नेपाल सरकार सचिवस्तरको मिति २०७४र५र१८ को निर्णयानुसार अनुरोध छ ।’

असोज २ मा स्थानीय चुनाव हुन लागेको प्रदेश नम्बर २ मा यही भदौ १ गतेदेखि नै निर्वाचन आचारसंहिता लागू भएको छ । तर, सामान्यले त्यसपछि पनि कर्मचारीहरु व्यापक सरुवा गरेको थियो ।