काठमाडौं,१९ भदौ । काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले बरामद गरेको छ
काठमाडौंको क्षेत्रपाटीबाट बरामद भएको ८८ किलो सुन केरुङ नाकाबाट भित्रिएको आशंका गरेको छ ।
सोमबार बिहान प्रहरीले क्षेत्रपाटीमा पार्किङ गरिराखेको गाडीबाट सुन बरामद गरेको थियो । यसबारे अनुसन्धान सुरु भएको छ ।
यतिधेरै सुन एकैपटक बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो । यसअघि विमानस्थलबाट भित्रिएको ३५ किलो बरामद भएको थियो ।
एक प्रहरी उच्च अधिकारीका अनुसार यो सुन भने केरुङ नाकाबाट भित्रिएको आशंका गरिएको छ । ‘थप अनुसन्धान भइरहेको छ’ उनले भने ।
बरामद भएको सुन अहिले महानगरीय प्रहरी अपराध महाशाखामा राखिएको छ ।
