काठमाडौं,१९ भदौ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक एमालेमय हुने उद्धघोष गर्नु भएको छ ।
एमालेबिरुद्ध भएका सबै मोर्चाबन्दीलाई परास्त गर्दै एमालेले प्रदेश र केन्द्रमा बहुमतसहितको सरकार बनाउने घोषणा गर्नुभएको छ ।
चितवनमा आइतबारदेखि सुरु अनेरास्वबियुको दोस्रो बिस्तारित बैठकको उद्घाटन गर्दै उहाँले नेपालका अन्य राजनीतिक खेलाडीले खेलभन्दा फल गर्न जानेकाले त्यस्ता फल खेल्नेहरुलाई पहिचान गरी रोक्नुपर्ने बताउनुभयो ।
‘यो देश नै एमालेमय बनाउने हो । एमालेमय देश हेर्ने वानी अव अरुले पनि बसाउनुपर्छ, बसाउनुहोस्’ उहाँले भन्नुभयो । एमालेले सात वटै प्रदेशमा सानदारका साथ बहुमत ल्याएर सरकार बनाउने घोषणा उहाँले गर्नुभयो । ‘एमालेले बहुमतका साथ सात वटै प्रदेशमा सरकार बनाउँछ । प्रदेशमात्र होइन, केन्द्रमा पनि बहुमतको सरकार बनाउँछ । अव एमालेलाई समृद्ध नेपाल बनाउनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।
