चितवन,१८, भदौ । एमाले अध्यक्ष नेता केपी शर्मा ओलीले राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाएका छन् ।
भरतपुर बिमानस्थलमा प्रेस चौतारी चितवनले गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा गएर ‘तोकिएको काम गर्न सकिँन’ भन्दै गिडगिडाएको भन्दै गिड्गिडाउनु भन्दा सकिन हजुर भनेर राजीनामा दिएको भएर बेस हुन्थ्यो ।
भरतपुर बिमानस्थलमा प्रेस चौतारी चितवनले गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवामाथि भारतमा गएर नेपालको संसदको निर्णय धज्जी उडाएको आरोप लगाए ।
नेपालको सार्वभौम संसदले गरेको निर्णयबिरुद्ध बिदेशीका अगाडि लमतन्न हुने गरी प्रस्तुत हुनु दुर्भाग्य भएको उनको टिप्पणी छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले देशको सार्वभौमसत्ता र स्वधानिताको पक्षमा लडेका कारण कर्नरमा पुर्याउन खोजिएको बताए ।
देशमा सामाजिक सद्भाव र एकतालाई खल्वल्याउने, राष्ट्रिय एकतालाई कमजोर बनाउने र देशको हितभन्दा सत्ता स्वार्थ र तत्कालको लाभ लिइहाल्ने तत्वहरु एक भएर एमालेबिरुद्धमा लागेको उनको आरोप छ ।
उनले निर्वाचन क्षेत्र निर्धारण आयोग सत्ताधारी दलहरुको दबावमा परेको बताए ।
