बिहिबार, असार ११, २०८३

वक्तृत्वकला प्रतियोगितामा अंकित बने प्रथम

र्कावकिरण न्यौपाने,नागोया : जापानको आईचिकेन (नागोया ) भित्रका स्कूलहरु विचको वक्तृत्वकला प्रतियोगितामा नेपालका अंकित न्यौपाने प्रथम भएका छन् ।

नेपालमा तानसेन नगरपालिका १४ अर्गली स्थायी घर भएका अंकित डिपेन्डेन भिषामा दुई वर्षअघि जापान आएका हुन । उनका बुवा विष्णु र आमा शान्ता विगत ९ वर्ष देखीरोजगारीको लागी जापान वस्दै आएका छन्।जापान आएको छोटो समयमानै त्यति धेरै प्रतिस्प्रद्धि लाई पछी पार्दै छोरो प्रथम भएकोमा खुःशी को सिमा नै नरहेको शान्ता बताउछिन । आईचिकेनमा रहेका स्कूलका विदेशी विधार्थीहरू विच उक्त प्रतिस्प्रद्वा गराईएको बताईएको छ । अंकित आईचिकेनको ईमाईके स्कूल ,सिनान्जोमा सोगाक्को (जुनियर स्कूल) मा अध्यनरत छन्। वक्तृत्वकला प्रतियोगितामा प्रथम भए संगै उनलाई प्रमाणपत्र संगै नगद पुरस्कार प्रदान गरिएको छ। जापानका मिडियाहरूले समेत यस समाचारलाई प्राथमिकता दिएका छन् ।