आज इस्लाम समुदाय इद पर्व मनाउँदै

काठमाडौँ, १७ भदौ । मुस्लिम समुदायले आज इद पर्व मनाउँदैछन् । आजदेखि ३ दिनसम्म मनाइने आजको इदलाई इद उ जोहा अर्थात ईल उद अधा पनि भन्ने गरिएको छ ।

विश्वभरिका मुसलमान समुदायले हिजारी सम्वत् अनुसार यो बकर ईद मनाउने गर्दछन् । हिजारी महिनाको १०औं दिन यो पर्व मनाइन्छ । नेपाल सरकारले बकर इदको अवसरमा भोलि सार्वजनिक विदासमेत दिने गरेको छ ।

इदको अवसरमा भोलि सार्वजनिक बिदा दिइएको छ । इद मनाउँदा बिहानै सबेरै उठेर नुहाइधुवाई गरी शुद्ध हुने र खुला स्थान वा मस्जिदहरुमा गई नमाज पढ्नुका साथै एकआपसमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।

साथै मुस्लिम समुदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा व्यक्त गर्दै मिठा परिकार खाने, खुवाउने तथा प्रार्थनाहरु एकआपसमा साटासाट गरिन्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया