जनकपुर,१३ भदौ । एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रदेश नम्बर २ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नु भएको छ ।
मंगलवार जनकपुर पुगेका नेता नेपाललाई रामानन्द चोकमा भेला भएका राजपा कार्यकर्ताले कालोझण्डा देखाउँदै ढुंगा प्रहार गरेका थिए तर आठ/दश जनाको संख्यामा रहेका उनीहरुलाई प्रहरीले तितरबितर पारेको थियो । त्यसपछि फेरि राजपा कार्यकर्ताले एमालेको कार्यकर्ता भेलामै ढुंगा प्रहार गरेका थिए ।
एमालेलाई मधेस बिरोधी भन्दै राजपा कार्यकर्ताले कालोझण्डा देखाएर नेपालको जनकपुर भ्रमणको बिरोध गरेका हुन् । एमालेको कार्यकर्ता भेला पिडारी चोकमा चलिरहँदा कार्यक्रमस्थल बाहिर राजपाका केही कार्यकर्ताले कालोझण्डा देखाएका थिए । एमालेलाई मधेसबाट बढार्ने भन्दै उनीहरुले कूचोसमेत बोकेका थिए ।
उनीहरुले एमाले मूर्दावादको नारा लगाएपछि केही एमाले कार्यकर्ता बाहिर आएर लखेटेका थिए । चार/पाँच जनाले कालोझण्डा देखाएर एमाले बिरुद्ध नाराबाजी गरेको भेलामा सहभागी अनेरास्ववियु केन्द्रीय सचिव आरती लामाले बताइन् ।
कार्यकर्ता भेलामा माधव नेपाल, गोकर्ण विष्ट, शत्रुघन महतो लगायतका नेताहरु सहभागी छन् ।
युवा संघ टाउकोमा कफन वाधेर मैदानमा उत्रने राजिव पहारीको चेतवनी
मंगलवार जनकपुर पुगेका नेता नेपाललाई रामानन्द चोकमा भेला भएका राजपा कार्यकर्ताले कालोझण्डा देदाएपछि युवा संघका अध्यक्ष राजिव पहारीले लुकेर छिपेर ८/१० जनाले ढुंगा कार्यक्रम स्थलमा हान्दैमा कालो झण्डा प्रदर्शन गर्दैमा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजय यात्रालाई कुनै पनि शक्तिले रोक्न र छेक्न नसक्ने बताउनु भयो ।
भेलालाई सम्बोधन गर्दै पहारीले भने यदि आज जनकपुरको पिडारीचोकमा भएको २ नं प्रदेश स्तरीय मोर्चा संगठनहरुको भेलामा जस्तो हर्कत जो कसैले दोहोर्याउछ भने युवा संघ नेपाल टाउकोमा कफन वाधेर मैदानमा उत्रने चेतवनी दिएका छन ।