शुक्रबार, बैशाख ०७, २०८१

जहाज हेर्न र लिन जाने निहुँमा २० कर्मचारी सिंगापुर प्रस्थान

काठमाडौं,११ भदौ । राष्ट्रिय ध्वरावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज हेर्न र लिन जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारी सिंगापुर पठाएको छ ।

‘जहाज थपेर व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ’ भन्ने रटान लगाउने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले ती सबै कर्मचारीको भ्रमण बिदा स्वीकृत गराएका हुन् । तीमध्ये आधाजति सिंगापुर घुमेर फर्किसकेका छन् भने आधा उतै घुमिरहेका छन् । सम्बद्ध विभागीय प्रमुखको सिफारिसपछि कंसाकारले भ्रमण बिदा स्वीकृत गरेका हुन् ।

निगम उच्च स्रोतका अनुसार, इन्जिनियरिङ, क्वालिटी इस्योरेन्स र एयर वर्दिनेस विभागका निर्देशक र त्यसमुनिका अधिकृतसहित अन्य कर्मचारी एवं मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक तहका दुई गरी २० जना सिंगापुर घुम्नेमा दरिएका छन् । तीमध्ये १८ जना निगमका कर्मचारी हुन् ।

‘महाप्रवन्धक कंसाकारले बिदा स्वीकृत गरेपछि उनीहरुको सिंगापुर जाने बाटो खुलेको हो