ऐन महर ।
गृहमन्त्रीज्यू ! प्लिज तपाईँ कमाण्ड सम्हालुहोस्, समन्वय गर्नुहोस् र संचार गर्नुहोस्, आवश्यक निर्णय गर्नुहोस् र सिंगो राज्यशक्ति र आवश्यकतामा जनशक्ति पनि परिचालन गर्नुहोस् । अरु टनेलमा फसेका नागरिकको उद्धार गर्न पहल गर्नु कम्तिमा मानवीयता छ भने । फसेका मानिसहरुको उद्धार गरेर जीवन रक्षा गर्न सकिने आशा पलाएको छ । आफ्ना नागरिकको जीवन रक्षा गर्नु राज्यको पहिलो र अनिवार्य कर्तव्य हो । त्यसैले आवश्यक पर्यो भने अन्तर्राष्ट्रिय सहयोग पनि लिनुपर्यो । सम्बन्धित आयोजनाका प्राबिधिक र निर्माणकर्ताहरुँग छलफल गर्नुहोस् । हामीसँग राहत कोषमा मा अर्बौं रकम मौज्दात छ त्यसैले बिज्ञ तथा प्राबिधिकहरु ल्याएर छिटो छिटो काममा लागौं ।
सबै टनेलमा एकैपटक काम थालौं त्यहाँ फसेका नागरिकहरुको जिवन रक्षाका लागि एक एक सेकेण्डको महत्व छ । उपलब्ध जनशक्ति तथा स्रोत साधनको यथाशिघ्र परिचालन गरौं । तपाईँ भाइरल यसै हुनुहुन्छ त । कति भाइरल हुन खोजेको हो र ? त्यो टनेल भित्र फसेका सबै नागरिकको जीवितै उद्धार गरेपछि तपाई यसै महान हुनुहुन्छ मानिसहरु मिडियाहरु तपाईँलाई खोज्दै आउनेछन् । सारा दुनियाँले तपाईँको प्रशंसा र तारिफ गर्नेछ । तपाईँको काम त्यो अक्सिजन सिलिण्डर बोक्ने होइन । तपाईँले गर्दा त्यहाँ काम गर्ने मान्छेलाई डिस्टर्ब भैरहेको छ ।
तपाईँ यहाँबाट गैदिनुहोस् भनेर सेनाले अस्ति मात्रै भनेको किन बिर्सिनु भयो । त्यो सिलिण्डर बोक्ने काम त त्यहाँ खटिएको एक जना प्रहरी जवानले गरिहाल्नुहुन्छ नि । त्यसका लागि गृहमन्त्री चाहिँदैन । अहिले भाइरल हुनका लागि स्टण्ट गर्ने बेला होइन नागरिक जीवन रक्षा गर्ने बेला हो । उद्धार गरिएका नागरिकको उपचार चिकित्सकहरुले गर्नुहुन्छ तपाई अरु फसेका नागरिकको जीवन जोगाउन लागिदिनुहोस् प्लिज ।

