सोमबार, साउन ०४, २०८३

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी,पुनरावलोकनका लागि कार्यदल गठन

काठमाडौँ । सरकारले सार्वजनिक बिदा पुनरावलोकनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । सोमबार  सचिवस्तरीय बैठकले शनिबार र आइतबार दुई दिन बिदा थालिएपछि सार्वजनिक बिदा पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको हो । उक्त कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्ने निर्णय पनि भएको छ ।

मुख्य सचिवमा गोविन्दबहादुर कार्कीको बढुवा भएपछि पहिलोपटक सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सचिवहरूको बैठक बसेको हो ।

यसमा तपाईको प्रतिक्रिया