काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिमतिर प्रदेश सरकारहरुको फेरबदल उचित नभएको बताएका छन् । सामाजिक संजालमार्फत भट्टराईले के का लागि यो भइरहेका भन्दै यसको खोजीनीति हुनुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘कार्यकालको अन्तिम तीर रहेका प्रदेश सरकारहरूको फेरबदल उचित होइन । किन, कसले र केकालागि यो गरिरहेको छ ? यसको खोजीनीति हुनु पर्दछ । यसले अस्थिरता र सत्ता लोलुपतालाई नै प्रकट गरेको छ । हिजो जनस्तरमा पुराना दल र पुरानो नेतृत्वको बारेमा जे जे टिप्पणी भएका थिए आजका काम/कारबाहीले त्यही धारणालाई बल पुर्याइरहेका छन् । यस्तो परिस्थितिमा पार्टीको बैठक बसेर सामूहिक निष्कर्षकासाथ अघि बढनु पर्ने हो तर पारा उही पुरानै छ ।’
अहिले प्रदेश सरकार परिवर्तनको लहर चलेको छ । पछिल्लो समय कर्णालीमा कांग्रेसका मन्त्रीले राजीनामा दिएका छन् र मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्री बर्खास्त गरेका छन् । अरु प्रदेशमा पनि पर्ख र हेरको अवस्था रहेको छ ।

