काठमाडौं,५ भदौ । माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टरले पत्रकार महासंघको जारी महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उजिर मगरलाई साधरण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
सेन्टरका महासचिव विष्णु सापकोटाले सोमबार बिहान प्रेस विज्ञप्ति जारी गरेर संगठनको निर्णय विपरीत बागी उम्मेदवार बनेको भन्दै मगरलाई कारबाही गरेको जनाएका हुन् ।
सेन्टरले महासचिवमा निर्वाचित भएपछि उमगरले गरेका काम, कारबाही र कार्यशैलीका कारण संगठनलाई क्षति समेत पुगाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सेन्टरले सबै मतदातालाई आधिकारिक उम्मेदवार गोविन्द आचार्यको प्यानललाई मतदान गर्न पनि अपील गरेको छ ।
