काठमाडौं,५ भदौ । संविधान संशोधनको विधेयकलाई निर्णयार्थ संसदमा आज पेश गरिने भएको छ ।
संसदको आजको बैठकमा सांसदहरूले छलफलमा भाग लिएर सकेपछि विधेयकलाई निर्णयार्थ पेश गरिनेछ ।
एमाले, राप्रपासहितका साना दलहरू संशोधन विधेयकको विपक्षमा छन् । तर, कांग्रेस, माओवादी केन्द्र, राजपा नेपालसहितका केही दल पक्षमा छन् ।
पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) भने सर्वोच्च अदालतमा आफूहरूको मुद्दा विचाराधीन रहेको भन्दै संशोधन विधेयकको छलफलमा सहभागी नहुने जनाएको छ ।
