बिहिबार, बैशाख ०६, २०८१

नेपाल पत्रकार महासंघको उपाध्यक्षमा मातृका पौडेल भिड्दै

काठमाडौं,५ भदौ । पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ केन्द्रको उपाध्यक्षमा मातृका पौडेलले उम्मेदवार घोषणा गरेका छन् ।

रोमछाप जिल्लामा जन्मिएर झण्डै दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पौडेल तिर्थ कोइराला नेतृत्वको व्यवसायिक लोकतान्त्रिक एव अग्रगामी समुहबाट उपाध्यक्षमा उम्मेदवार बनेका हुन् ।

टेलिभिन, पत्रिका र अनलाइन सञ्चार माध्यमा रहेर निरन्तर रुपमा पत्रकारिता गर्दै आएका उपाध्यक्षका उम्मेदवार पौडेले यस अघि माधव पौडेल र शेरधन राई सूचना तथा सञ्चार मन्त्री हुँदा प्रेस सल्लाहकार भएर काम गरेका अनुभव छ ।
उपाध्यक्षका उम्मेदवार पौडेलले विगतदेखि नै मैले पत्रकारको हक हितको मुद्दा उठाउदै आएको छ, मलाई विश्वास छ यस पटको महाधिवेशनमा मलाई जिताए, आगामी दिनमा पत्रकारको हक हितको लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ समग्र पत्रकारहरुको छाता संगठन भएको बताउदै उनले महासंघको नेतृत्व पनि क्रियाशिल पत्रकारहरुले नै गर्नुपर्ने बताए । पौडेल हाल अनलाइन खबरमा कार्यरत रहेका छन् ।