काठमाडौं । हायु समाज नेपालको केन्द्रीय महाधिवेशनले लक्ष्मण हायुलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ। कोटेश्वरस्थित सुनुवार सेवा समाजको कार्यालयमा सम्पन्न महाधिवेशनले प्रकाश हायुलाई उपाध्यक्ष, सुजन हायुलाई सचिव र विमला हायुलाई कोषाध्यक्ष चयन गरेको छ। सदस्यमा ललिता हायु, पुष्पा हायु राई, रमेश हायु, गणेश हायु, कुन्दन हायु, युँबहादुर हायु तथा अरुणा हायु राई निर्वाचित भएका छन्।
पुनः अध्यक्ष बनेका लक्ष्मण हायुले भाषा, संस्कृति, पहिचान र अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै संगठनलाई थप सक्रिय बनाउने प्रतिबद्धता जनाएका छन्। समुदायको शैक्षिक, सामाजिक तथा सांस्कृतिक उन्नतिका लागि सामूहिक सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
साथै यसै अवसरमा २०८३ सालको एसईई परीक्षामा उत्तीर्ण २५ जना हायु विद्यार्थीलाई सम्मान गरिएको थियो। साथै, हायु भाषाको संरक्षण र प्रवर्द्धनका लागि भाषा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघका संघीय अध्यक्ष नीमा लामा ह्योल्मोको प्रमुख अतिथ्यतामा कार्यक्रममा हायू तथा आदिवासी उल्लेख्य अभियन्ताहरूको उपस्थिति थियो ।

