टोकियो,४ भदौ । अस्वस्थ भई उपचारको लागि अस्पताल भर्ना भएका गुल्मी जिल्ला घर भएका किसन केसी (चित्र बहादुर केसी) को निधन भएको छ ।
मुसीकोट नगरपालीका वार्ड नं ७ निवासी ‘साविक वामी गा.बि.स.’ का ५६ बर्षीय केसीको निधन भएको हो । आफ्नै व्यवसाय गर्दै आएका वामी सेवा समिती जापानका अबिभावक परीषद सदस्य समेत रहेका केसीको ४ बजेको समयमा अस्पतालमा नै निधन भएको सुरेश केसीले जानकारी दिनुभयो ।
निधन हुनुभएका चित्र बहादुर केसीको यही अगष्ट २१ तारिखका दिन सोमबार टोक्यो माचिया साईजोमा अन्त्येष्टि गरिने भएको छ ।
दिनको ३ बजे अन्तिम दाहसंस्कार गरिने भएकाले समय अनुकुल हुनुभएका शुभ चिन्तक महानुभावहरूलाई उपस्थीतीको लागी मृतक केसीका निकट रहनुभएका जीवन केसीले अनुरोध गर्नुभयो ।
श्रीमती र चार छोरा सहित टोकियो स्थित इइदाबासीमा रेष्टुरेण्ट सञ्चालन गर्दै आएका मृतक केसीको क्यान्सरका कारण निधन भएको बुझिएको छ ।
