आइतबार, जेठ १०, २०८३

रूपान्तरण नै गर्ने भए ६० नाघेका सबैले राजीनामा दिऔं : लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टी रूपान्तरण नै गर्ने भए ६० वर्ष नाघेका सबै नेताहरू पदबाट बिदा हुनुपर्ने बताएका छन् । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

बैठकमा बोल्ने क्रममा उनले ‘रूपान्तरण रूपान्तरण भनेर मात्रै’ नहुने बताएका थिए । त्यसका लागि सबै ६० नाघेका नेताहरू बिदा भएर युवा तहमा पार्टी नेतृत्व पुर्‍याउने उनको सुझाव थियो । पार्टी रूपान्तरण नै गर्ने भए ६० वर्षमाथिका सबै नेताहरू पदमा नबसौं,’ उनले बैठकमा राखेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘त्यसो हुँदा पार्टी युवाको हातमा पुग्छ ।

शुक्रबार पाँच जना उपाध्यक्षले धारणा राखेका थिए । त्यस्तै, शनिबार महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ५ जना सचिवले धारणा राखेका छन् ।

शनिबार धारणा राख्नेमध्ये उपमहासचिव योगेश भट्टराईले खुलेरै ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरे । महासचिव पोखरेलले भने घुमाउरो शैली प्रयोग गर्दै अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने बताएका थिए ।

उपाध्यक्ष रामबहादुर थापा र महेश बस्नेतले भने संकटको बेला भएको भन्दै नेतृत्वको रक्षा गर्नुपर्ने बताएका छन्

यसमा तपाईको प्रतिक्रिया