आइतबार, जेठ ०३, २०८३

गाेदावरी–३ : नेपालकै नमुना वडा बन्ने यात्रामा,सम्भावनाको उदाहरण बन्दै राज घिमिरे

ललितपुर जिल्लाकाे गाेदावरी नगरपालिका आफैमा प्रशस्त सम्भावना बोकेको स्थानिय तहको रुपमा परिचित छ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक मात्रै नभएर गाेदावरी प्राकृतिक सौन्दर्य र जैविक विविधताका लागि पनि उत्तिकै प्रसिद्ध छ।

गोदावरी नगरपालिका प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र सांस्कृतिक धरोहरको अद्वितीय संयोजनको कारण ललितपुर जिल्लामा एक प्रमुख पर्यटन गन्तव्य बन्न सफल भएको छ। त्यसै, नगरपालिका अन्तर्गत वडा ३ गाेदावरी त झनै इतिहास, संस्कृति, धर्म, कला र परम्पराको जीवित सङ्ग्रहालय जस्तै छ ।  कला, संस्कृति र सम्पदाको संरक्षण साथै वडालाई देशकै उत्कृष्ट नमुना वडाको रुपमा विकास गर्ने कार्यमा दिनरात सेवामा हुनुहुन्छ वडा अध्यक्ष सानुराजा घिमिरे । यसाे भनिरहँदा गोदावरी–३ को यात्रा चुनौतीरहित भने छैन। तर स्पष्ट दृष्टि, सक्षम नेतृत्व र जनताको साथ भए `देशकै नमुना वडा´ बन्ने सपना टाढा छैन। यो केवल सम्भावना वा आकाक्षा होइन, व्यवहारमा उतरिदै गएको यथार्थ हो।

गाेदावरी वडा नम्बर ३ का वडा अध्यक्ष सानुराजा घिमिरे (राज) वडा अध्यक्ष भैसकेपछी साँच्चिनै वडाले विकासको रुपमा मुहार फेरेको छ । वडा अध्यक्ष घिमिरेले सामाजिक कार्य गर्दा कुनै पनी मनमा स्वार्थ नलिई काम गरेकै कारणले त्यहाँको धेरै वासिन्दाहरुको मन मुटुमा वस्न सफल हुनु भएको छ । उहाँ सवै जनालाई नम्र बोली र नम्र ब्यवहार गरी आफ्नो बनाउनु हुन्छ । अध्यक्ष घिमिरेसँग बोली मात्र मिठो होइन मन तन सबै मिठो छ ।

उहाँ जनताको एउटा साँच्चिकै असल प्रतिनिधी बन्न सफल हुनुभएको छ । विकासको अभावमा अन्धकारमा बस्नु भएका बासिन्दाहरुलाई उहाँले साँच्चिकै नै उर्जा थपीदिनु भएको छ । आफ्नो स्वार्थको नभएर सामाजिक कार्यमा वडा अध्यक्ष घिमिरे दिनरातै खटिएको देखिन्छ । उहाँलाई धैरै जसो जनताले इमान्दारी जनप्रतिनिधी भनी बुझ्न थालेका छन । राजनैतिक देखी आर्थिक, सामाजिक क्षेत्रमा उतिकै सक्रिय भुमिका निर्वाह गर्दै आउनुभएका अध्यक्ष राज घिमिरेले शिक्षा, स्वास्थ्य, खानेपानी, संचार, विद्युतिकरण गर्ने कृषि उत्पादन बढाउन सिचाईं , जनताको जीवन स्तर उकास्ने, पर्यटन प्रबद्र्धन गर्ने स्थानीय कला संस्कृतिको जगेर्ना लगायतको प्रतिबद्धता पूरा गर्दै आउनुभएको छ ।
देशकै पर्यटकीय नगर गोदावरीकाे मुख्य सडक, बजारसंग जोडिए पनि भित्री अधिकांश बाटोहरू हिलाम्मे, कच्ची बाटाेलाई   बजेट अनुकुल मिलाएर काम गर्नुभएको छ । स्वास्थमा पहिले भन्दा निक्कै सुधार गरि सेवा प्रवाहमा सुधार अनि डाक्टर नै राखि स्वास्थ चौकीबाट टोल टोलमा गई गै घुम्ती सेवा, अनि वृद्धबृद्दालाई नि:शुल्क औषधी वितरण, सुत्केरी महिलालाई पोषण खानेकुरा, पटक पटक विभिन्न स्वास्थ क्याम्प राखी औषधी उपचार गर्दै आउनुभएको छ ।

प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र शान्त वातावरणका कारण पर्यटनका लागि अत्यन्त सम्भावनायुक्त क्षेत्र हाे गाेदावरी । हरियाली, जंगल, डाँडा–काँडा र स्वच्छ हावापानीका लागि प्रसिद्ध रहेका गाेदावरीका पदमार्ग (हाइकिङ ट्रेल), वन क्षेत्र र दृश्यावलोकन स्थलहरू आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण भएका छन् । प्रकृतिसँग नजिक रहन चाहनेहरूका लागि यो क्षेत्र आदर्श गन्तव्य हाे । पर्यटन विकासलाई नयाँ नयाँ गन्तव्यहरू निर्माण गरि प्रचार गर्दै, गाेदावरीमा तीन हजार पर्यटन शनिबार आउनेबाट अहिले शनिबार औषत दस हजार पर्यटन आउने बनाउन अध्यक्ष राज धिमिरे सफल हुनु भएको छ।आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होमस्टे, पदमार्ग विकास र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै वडाले पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिएको छ।

चपली हाइट’ फिल्मबाट चर्चामा आउनुभएका अभिनेता घिमिरेले अन्य फिल्म र म्युजिक भिडियोमासमेत अभिनय गर्नुभएकाे थियाे । २०५७ मा वहाँले ‘सारा खुशी’ बोलको गीतबाट अभिनय करिअर थाल्नुभएकाे थियाे । पछि थुप्रै गीतहरूमा अभिनय गर्नुभएकाे थियाे  । खानेपानी, शिक्षा, स्वास्थ्य, सडक लगायतको क्षेत्रमा स्तरोन्नती गरी वडालाई समृद्धिको बाटोमा पुर्याउन साथै कृषि तथा पर्यटन क्षेत्रमा विकास गरी वडाका जनतालाई आत्मनिर्भर बनाउने र रोजगारीको सृजना गर्ने योजना बनाएर विभिन्न कार्यक्रमहरू गर्दै आउनुभएको छ ।

बाल्यकालमा अनेकन दुःख भाेगेकाे कारण वडा अध्यक्ष घिमिरे अहिले आफ्नो जीवन गरिब, दुःखी, असाह्य र रोगीको सेवा गर्दै गोदावरीलाई नमुना बनाउन तत्पर हुनुहुन्छ । वहाँ आफ्नाे वडाकाे मात्रै हाेईन दुःख पिडामा परेका जाेकाेहीलाइ पनि सहयाेग गर्नुहुन्छ । वडा अध्यक्ष राज घिमिरेले विपन्न, सुकुम्बासी तथा विपद्पीडित नागरिकका लागि राहत, आवास र खाद्यान्न सहयोग जस्ता कार्यक्रम सञ्चालन गरेर उनले मानवीय नेतृत्वको उदाहरण प्रस्तुत गर्नुभएकाे छ । हालसालै, मात्र वडा अध्यक्ष घिमिरेले गाेदावरी १४ मा रहेकाे जेष्ठ नागरिक भवनलाई पनि ५० हजार सहयाेग गर्नुभएको छ । यसैगरी, बालेन सरकारले डाेजर चलाएर बस्ती भत्काएपछि घरबारविहिन भएका (भूमिहीन/घरबारविहीन) सुकुम्बासी तथा विपन्न परिवारलाई लक्षित गर्दै १ महिनाका लागि खाद्यान्न सहयोग र बसोबासका लागि १ महिनाको नोमिनल (सस्तो/प्रतीकात्मक) भाडा उपलब्ध गराउने घोषणा समेत गर्नुभएको छ ।

स्थानीय सरकारको सक्रियता, जनप्रतिनिधिको दूरदृष्टि र नागरिकको सहभागिताले गाेदावरी ३ विकास, सुशासन र सामाजिक एकताको दृष्टिले एउटा उदाहरणीय बन्दै गएको छ। योजनाबद्ध विकास, जनसहभागिता र सुशासनको संयोजनकै कारण आगामी दिनमा याे वडा छिट्टै देशकै नमुना वडा बन्ने दिशामा अगाडि बढिरहेको छ। वडा अध्यक्ष राज घिमिरेकाे दृढता, सक्रियता र जनमुखी सोचले “देशकै नमुना वडा” को परिकल्पनालाई यथार्थमा रूपान्तरण गर्ने सम्भावना अझ बलियो बनेको छ । यस्तै निरन्तरता र प्रतिबद्धता कायम रह्यो भने, गोदावरी–३ निकट भविष्यमा नेपालकै उत्कृष्ट वडाको रूपमा स्थापित हुनेमा कुनै शंका छैन। गाेदावरी–३ केवल एउटा वडा होइन, यो सम्भावनाको उदाहरण हो ।

यसमा तपाईको प्रतिक्रिया