मङ्गलबार, बैशाख ०८, २०८३

पत्रकार महासंघको महासचिवमा राजु लामाको उम्मेदवारी घोषणा

काठमाडौं,३ भदौ । पत्रकार राजु लामाले नेपाल पत्रकार महासंघको २५ औ महाधिबेशनमा महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

“ब्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता, समावेशिता र श्रम अधिकार” भन्ने नाराका साथ महासंघका केन्द्रिय सदस्य लामाले नेपाल पत्रकार महासंघको २५ औ महाधिबेशनमा महासचिवमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।

पत्रकार महासंघलाई श्रमजीबि पत्रकारको हक हितमा अग्र्रसर गराउन आफ्नो उम्मेदवारी रहेको लामाले बताएका छन । लामाको प्रेस सेन्टर र युनियन बीचको संयुक्त प्यानलमा उम्मेदवारी आउने भनिए पनि अन्तिम समयमा आएर टरेको छ । पत्रकारको निम्ति लड्ने मेरो चाहना हो केन्द्रिय सदस्य भएर निभाएको भुमिकालाई थप प्रभावकारी बनाउन महासचिवमा उम्मेदवारी दिएको लामाको भनाई छ ।

आफ्नो उम्मेदवारी कसैको बिरुद्ध लक्षित नभई आम पत्रकारको पक्षमा लड्ने मुख्य उदेश्य साथ हुने लामाको दाबी छ । लामाले आफुलाई मतदान गरी जिताउन पनि सम्पुर्ण पत्रकारहरुसँग आग्रह गरेका छन ।

न्यूज़ स्रोत :- पासाड॰ लामा ( बिछोड दोड॰)
जपान