मङ्गलबार, बैशाख ०८, २०८३

दुई तामाङ पत्रकारलाई तामाङ मिडिया अवार्ड प्रदान

काठमाडौं,२ भदौ । २३ अाैं तामाङ प्रसारण दिवसको अवसर पारेर तामाङ सञ्चार समूह केंद्रीय समितिले रेडियो नेपालका सूर्य मोक्तान र बिबिसि नेपाली सेवा नुवाकोटकी प्रतिनिधि शक्तिमाया तामाङलाई तामाङ मिडिया अवार्ड प्रदान गरिएको छ ।

शुक्रबार राजधनीमा आयोजित एक कार्यक्रममा नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरूङले सञ्चारकर्मी द्दयलाई नगद पाँचहजारसहित उक्त अवार्ड प्रदान गरी सम्मान गरेका हुन् । तामाङ विषयवस्तुमा रहेर निरन्तर रेडियोमा काम गरेका कारणले सूर्य मोक्तानलाई र नुवाकोटको विकट क्षेत्रका विषयलाइ रेडियो र टेलिभिजनमा उठान गरेका कारण शक्तिमाया तामाङलाई उक्त अवार्ड बितरण गर्न उचित मानेको छनोट समितिका संयोजक प्रतीक ङेसुर तामाङले बताउनु भयो ।

उक्त अवसरमा तामाङ सञ्चार समूहका अध्यक्ष जगत दोङले सञ्चार मन्त्रालयले तामाङ भाषामा अझै पनि विभेदकारी नीति लादिरहेकोले यसबारे चाँडै नै राज्यले ध्यान दिनुपर्ने धारणा राखेका थिए ।