आइतबार, बैशाख २७, २०८३

एसईईको नतिजा मंगलबारभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले मंगलबारभित्र नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले मंगलबारसम्म नतिजा सार्वजनिक गर्ने जानकारी दिएका छन् । उनकाअनुसार नतिजा सार्वजनिक गर्न केही प्रोसेसिङको काम मात्रै बाँकी छ । यस वर्षको एसईई परीक्षा गत चैतको दोस्रो सातादेखि सञ्चालन भएको थियो ।

परीक्षा सम्पन्न भएको करिब एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी बोर्डले गरेको हो । यस वर्ष ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी भएका छन् ।

यसमा तपाईको प्रतिक्रिया