मङ्गलबार, बैशाख ०८, २०८३

प्रदेश र संघको चुनाव एकै चरणमा गराउन प्रमुख तिन दल सहमत

काठमाडौं,१ भदौ । प्रमुख तीन दल प्रदेशसभा र संघीय संसदको चुनाव एकैपटक मंसिर दोस्रो साताभित्र गर्न सहमत भएका छन् ।

बिहीबार  प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा प्रदेशसभा र संघीय संसदको चुनाव एकैपटक गर्ने सहमति जुटेको हो । ‘मंसिरको दोस्रो साताभित्र चुनाव गर्ने सहमति भएको छ,

 

नेताहरुका अनुसार प्रत्यक्षतर्फ संघीय संसद र प्रदेशसभाका लागि एउटा मतपत्र बनाउन सकिनेछ, जसमा दुई ठाउँमा स्वस्तिक छाप लगाउने व्यवस्था गर्न सकिनेछ । समानुपातिकका लागि संघीय संसद र प्रदेशसभाका लागि एक ठाउँमा मत दिने व्यवस्था गर्न सकिनेछ ।

तीन दलका शीर्ष नेताहरुले निर्वाचन आयोगसँग छलफल गर्नेछन् र सम्भवतः मंसिर १०/११ मा चुनाव हुनेछ ।

तीन दल लगतै बसेको सर्बदलीय बैठकमा सहभागीहरुले पनि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै मितिमा गर्न सुझाव दिएका छन् ।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारी अझै अघि नबढाएकोमा सरकारको आलोचना भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।